सांकेतिक तस्बिर
रिना थापा
तेह्रथुम घर भई इटहरी बस्दै आएका ४० वर्षीय श्रीश्वर भट्टाई र झापा स्थायी ठेगाना भएकी उनका पत्नी २४ वर्षीया दीपा खनाल पोखरामा मृतावस्थामा भेटिएका छन् ।
उनीहरुको शव पोखरा बुलौंदीस्थित बागवानी फर्म नजिकैको रुखमा सँगै झुण्डिएको अवस्थामा मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालले दिएको जानकारी अनुसार दीपासँग भट्टराइले दोस्रो बिहे गरेका हुन् । भट्टराई गत मङ्सिर महिनामा बहुविवाह सम्बन्धी मुद्दा चलेर थुनामा बसिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
‘बहुविवाहको मुद्दामा थुनामा बसिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’ हमालले भने ‘यसबारे थप अनुसन्धानमा जुटेका छौं ।’ मृतकको शव पोष्टमार्टमकालागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।