पोखरामा आज देखि सडक महोत्सव शुरु

पोखरा, १4 पौैष/ पोखरा सडक महोत्सबको १४ औं संस्करण आजदेखि पोखरामा सुरु भएको छ । महोत्सबको मुख्य सचिब लिलामणी पौडेलले उद्घाटन गरे । कायक्रममा पौडेलले पोखरामा पर्यटकको बसाई लम्ब्याउन यस आसपासका पर्यटकिय क्षेत्रहरुको बिकास गर्नुपर्ने बताए । यस क्षेत्रमा रहेका सम्पुर्ण व्यवशायीहरु एक भई पर्यटकिय पुर्बाधार तयार पार्न उन आग्रह थियो ।

पर्यटकिय आकर्षणको केन्द्रको रुपमा रहेको फेवाताल संरक्षणमा बिषेश ध्यान दिन उनले सुझाब दिए । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल चाडो बन्ने बाताबरण निर्माणको लागि केन्द्रिय स्तरमा पहल गर्ने उनको भनाई थियो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्रत्येक अंग्रेजी नया बर्षको अबसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान पोखराले बिगत १३ बर्षदेखि महोत्सब संचालन गर्दै आएको छ । महोत्सबको लागि पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईड झकिझकउ पारिएको छ । लेकसाईडका रेष्टुरेण्टहरुले सडकमा टेबुल कुर्सी किचन राखेर सेवा दिदैछन् ।

“सडकमै खाउ, सडकमै नाचौ , सडकमै रमाऔ ” भन्ने नारा सहित ५ दिन सम्म चल्ने महोत्सबमा रेवान संग आबद्ध ७२ वटा रेष्टुरेण्टले लेकसाईडको फिस्टेल गेट देखि डिहिगोपाटन सम्म ३ किलोमिटर क्षेत्रमा महोत्सब अबधि भर सडकमै खाने र रमाउने ब्यबस्था मिलाएका छ । पोखरामा रहेका रेष्टुरेण्टहरुमा बनेका खानाका परिकार राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा चिनाउने र यस आसपासको क्षेत्रमा रहेका बिभिन्न जातजातीका कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यले महोत्सब आयोजना गरिएको रेवान पोखराका अध्यक्ष गोपिबहादुर भट्टराईले बताए ।

महोत्सब सम्पन्न गर्न ४५ लाख खर्च लाग्ने र ४८ लाख आम्दानी गर्ने आयोजकको लक्ष्य छ । महोत्सबको करिब ४ लाख दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । महोत्सबमा भक्तपुरको धिमेनाच, चितवनको थारु स्टिक डान्स, मयुर नाच, कौडा नाच, तामाङ सेलो लगायतका सास्कृतिक प्रस्तुतीको साथै बिभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत समाबेश गरिएको संयोजक भिमसेन भुजेलले बताउनुभयो । महोत्सबलाई लक्षित गरी पर्यटकहरुको लागि खान बस्न बिषेश छुटको समेत ब्यबस्था गरिएको छ ।

कमेन्टहरु
Loading...