काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनालले आज नवलपरासीमा जिल्ला भेलाको आयोजना गरेको छ ।
कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै नेपाल–खनाल समुहले नवलपरासीमा जिल्ला भेलाको आयोजना गरेको हो । सरकारले कोभिड १९ फैलिएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि भन्दै २५ जनाभन्दा धेरै एकस्थानमा भेला हुन नपाइने नियम बनाएको थियो । तर एमालेको उक्त पक्षको भेलामा ठूलो मात्रामा नेपाल–खनाल पक्षीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।
सरकारले ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न भन्दै डिसिएसीलाई अख्तियारी दिइसकेको अवस्थामा नेपाल–खनाल समुहले उक्त जिल्ला भेला आयोजना गरेको हो ।