काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिन अगाडि उनी एक कार्यक्रममा सहभागी हुने क्रममा गृहजिल्ला अर्घाखाँची गएका थिए ।
अर्घाखाँचीबाट फर्के लगत्तै मन्त्री रायमाझीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
रायमाझीको सचिवालयका अनुसार मन्त्री रायमाझीलाई सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उनी अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन् । लक्षणसहितको कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको हो ।