काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको विधान संशोधन, मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रदेश २ मा रिक्त रहेको १ समानुपातिक सांसदको नियुक्ति लगायतका समसामयिक विषयमा छलफल हुने नेता लीलामणि पोखरेलले जानकारी दिएका छन् ।
गत चैत्र ३० गते माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ का प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुसहवा तथा मोहम्मद समीरलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । आज बस्ने बैठकमा रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्ने तयारी रहेको बुझिएको छ ।