काठमाडौं । कोरोना संक्रमण बढेपछि लगाइएको निषेधाज्ञा लागू हुनपूर्व काठमाडौं छाड्नेको संख्यामा बढेको छ ।
काठमाडौँ उपत्यकामा वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी भएपनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।
ट्राफिक प्रहरीले काठमाडौंबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको जनाएको छ ।
कति बाहिरिए भन्ने तथ्यांक अद्यावधिक भइनसकेको ट्राफिक प्रहरीले जनायो ।