पोखरा । कोरोना संक्रमण बढेपछि वैशाख १५ गतेदेखी सवारीमा जोर विजोर प्रणाली लागु गर्ने हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय कास्कीले सोमबार साँझ आदेश जारी गर्दै अत्यावश्यक बाहेका काममा बाहिर हिँडडुल नगर्न , सभा सम्मेलन भेला निषेध गरेको छ ।
दैनिक उपभोग्य खाद्यबस्तु बिहान ५ बजेदेखी बेलुकी ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ भने सिनेमा हल , नाचघर , दोहोरी साँझ , बार , डिस्को,सुनचाँदी पसल , रंगशाला , जिमखाना , सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न नपाइने आदेशमा उल्लेख छ ।
यस्तै रेष्टुरेण्टहरुमा विहान ८ बजेदेखी बेलुका ८ बजेसम्म टेक अवेको रुपमा सेवा प्रवाह गर्न आदेशमा भनिएको छ ।