सर्वोच्चद्वारा नेता नेपालसहितलाई हुने कारवाही रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेबाट निलम्बित भएका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले आफूहरुमाथिको कारवाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेता नेपाल तथा उनी पक्षीय केही नेताले आफूहरुमाथि हुने कारवारी प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सोही निवेदनमाथि आज न्यायधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले नेता नेपालसहितका नेतालाई अहिले नै कारवाही नभइसकेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको बताइएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका २७ जना नेतालाई सांसद पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण माग गरेका थिए ।

स्पष्टीकरण तथा कारवाहीविरुद्ध नेता नेपाललगायत ४ जना नेताले आफूहरुमाथि हुने कारवाही यथास्थितिमा राख्न तथा अन्य कारवाही नगर्न तथा नगराउन माग गर्दै सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरेका थिए ।

कमेन्टहरु
Loading...