पोखरा । विपक्षी दलको माग अनुसार आह्वान भएको गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ । आजको विशेष अधिवेशनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ ।
हिजो गण्डकी प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसको थियो । सोही बैठकले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गर्ने सहित अन्य विभिन्न कार्यसुची तय गरेको थियो ।
आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सांसदले उठाएका प्रश्नको जवाफ दिने छन् । मुख्यमन्त्री गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाए लगत्तै वैशाख २ गते प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए ।