काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।
बैठकमा मुलुकमा कोरोना भाइरसको महामारी दोस्रो चरणमा तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम, न्युनीकरण तथा नियन्त्रणका विषयमा छलफल हुने नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
कोभिड व्यवस्थापन केन्द्र सिसिएमसीको हिजो आइतबार बसेको बैठकले कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिएको र यस्तै अवस्था भएमा रोकथाम गर्न असम्भव हुने आशंका व्यक्त गर्दै करिब ३ हप्ता देशभरी लकडाउन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।
स्थिति भयावह हुनबाट रोक्न लकडाउनको सम्भव नभएको अवस्थामा निषेधाज्ञामा जानुपर्ने सिसिएमसीले सुझाव दिएको थियो । आजको अन्त्रिपरिषद् बैठकमा सरकारले कोरोनाको चेन ब्रेक गर्न आवश्यक निर्देशन तथा निर्णय जारी गर्ने मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।