सोमबारको परीक्षा स्थगित भएको छैन ः त्रिवि

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले सोमबार हुने परीक्षा स्थगित नभएको जनाएको छ ।

विश्वविद्यालयले सीसीएमसीको बैठकबाट भोलिदेखि नै स्थगित गर्न सरकारसँग सिफारिस गर्ने निर्णय लिएपनि मन्त्रीपरिषद्बबाट निर्णय नभइसकेको कारण सोमबारका लागि तय भएका परीक्षा जारी रहने जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षा बोर्डका अध्यक्ष, रजिष्टार र परीक्षा नियन्त्रकबीच छलफलपछि सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय लिइएको हो ।

उनका अनुसार स्थगित गर्नेबारे आधिरकारीक रुपमा विश्वविद्यालयलाई जानकारी गराइएको छैन ।

कमेन्टहरु
Loading...