सबै परीक्षा स्थगित गर्ने सिसिएमसीको सिफारिस

पोखरा । कोरोना संक्रमण बढेपछि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)को बैठकले पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रको बैठकले भौतिक उपस्थित हुने सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी सचिवालयका संयोजक डा.खगराज बरालद्धारा जारी विज्ञप्तीमा भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको उ्रल्लेख छ ।

कमेन्टहरु
Loading...