कोरोना भाइरस संक्रमणबढेपछि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको हो ।
बैठकले भोलिदेखि शुरु हुने विद्यालय तहका सबै परीक्षा पनि स्थगित गर्न सिफारिस गरेको हो ।
बैठकमा काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् ।
सक्रिय संक्रमितको संख्या ५ सय पुगेमा सीडीओले नै जिल्लामा निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय समेत गरेको छ ।