काठमाडौं वल्र्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

पोखरा । काठमाडौं वल्र्ड स्कुलले पोखरामा अभिभावकसँग शैक्षिक अन्तरक्रिया गरेको छ । बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा अध्ययन गराउने स्कुलले पोखरामा अभिभभावकसंग अन्तरक्रिया गरेको हो । २०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ ।

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष ई.मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिष्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका विद्यार्थीसँग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने बताए ।

आइटी क्षेत्रमा धेरै भविष्य भएकोले त्योतर्फ अभिभावकले ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनले २०५० सम्ममा शिक्षाको नयाँ ट्रेन्ड आउने बताउँदै समय अनुसार आफूलाई तयार गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउँदै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दावी गरेका छन् । सन्तानको भविश्यका लागि अभिभावकले सही समयमा सही निर्णय गर्नुपर्ने उनको भनाई छ । त्यस्तै कार्यक्रममा ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले पोखरामा आयोजना भएको स्कुल समबन्धी कार्यक्रम अपेक्षित रुपमा सफल भएको बताएका छन् ।

उक्त स्कुलमा हाल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन हुँदै आएको छ । कक्षा १२ मा अहिले विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायको अध्यापन हुँदै आएको छ । सोही विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी प्रदान गर्नका लागि स्कुलले अहिले देशैभरि अन्तरक्रियात्मक नेपाल टुर कार्यक्रम गरिरहेको छ । सोही सिलसिलामा पोखरामा समेत कार्यक्रम आयोजना गर्दै स्कुलका प्रतिनिधिले पछिल्लो समयको शिक्षा परिस्कृत हुनुपर्नेमा जोड दिएका थिए ।

यो स्कुल नेपालमा शैक्षिक गुणस्तरका कारण विशिष्टकृत स्कुलका रुपमा परिचित छ । विद्यार्थीको राम्रो भविष्यका लागि अभिभावकलाई छोराछोरी पठाउन काठमाडौं वल्र्ड स्कुलले आग्रह समेत गरेको छ । अन्तरक्रियात्मक कार्यक्रममा पोखराका शैक्षिक क्षेत्रका सरोकारवाला, अभिभावकको सहभागिता थियो । सो स्कुल सूर्यविनायक ७ गुण्डु, भक्तपुरमा छ । आधुनिक सिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पुल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा सञ्चालन गरेको स्कुलले जनाएको छ ।

कमेन्टहरु
Loading...