हेम्जा । मुकुन्द शरण वाङमय परिषद् नेपाल पोखरा २५ कास्कीको तेस्रो अधिवेशन आइतबार हेम्जामा सम्पन्न भएको छ ।
अधिवेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । परिषद् नेपालको उपाध्यक्षमा लोकमणी पौडेल, महासचिवमा बलराम पौडेल, सचिव देवु गौतम, कोषाध्यक्षमा भुवनेश्वर शर्मा र सहसचिवमा कालिचरण पराजुली चयन भएका छन् । त्यस्तै अन्य सदस्यमा कृष्णशरण उपाध्याय, गायत्री घिमिरे, पुष्पा के.सी, प्रेमराज पाहारी र मोहनराज पौडेल रहेका छन् ।
महाकाव्यकार जनारदन त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेम्जा सहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणी त्रिपाठीले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष शिव त्रिपाठीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
परिषद् नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवुकृष्ण काफ्लेले स्वागत र सञ्चालन महासचिव डा बलराम अधिकारीले गरेका थिए ।