काठमाडौं । मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भइसकेको छ । पछिल्ला केही दिन यता संक्रमित तथा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ । यसबाट नागरिकले मुलुकमा फेरी लकडाउन हुन्छ कि भन्ने आशंका गरेका थिए । तर सरकारले तत्कालका लागि मुलुकभरी नै एकैपटक लकडाउन गर्ने सरकारको कुनै योजना नभएको स्पष्ट पारिएको छ ।
नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकबाट बाहिरिदै गर्दा तत्काल देशभरी नै लकडाउन गर्ने सरकारको कुनै योजना नभएको सञ्चारकर्मीसंग कुरा गर्दै जानकारी दिएका हुन् ।
पछिल्लो समयमा कोरोना संक्रमणबाट बढी प्रभावित बनेका स्थानमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने मन्त्री ज्ञवालीको भनाई थियो । हाल सरकारले नागरिकलाई स्वास्थ्य मापदण्ड पूर्ण तरिकाले अपनाउनुस् भन्नु नै रहेको उनले बताएका छन् ।
लकडाउनले नागरिकको जनजीवन तथा मुलुकको अर्थतन्त्रमा केही प्रभाव नपरोस् भन्ने आफूहरुको चाहना रहेको उनको दावी थियो । लकडाउननै कोरोना भाइरसको रोकथाम, न्युनीकरण तथा नियन्त्रणको अन्तिम विकल्प नभएको मन्त्री ज्ञवालीले बताएका छन् ।
यता नेकपा एमालेले आफू मातहतका कमिटीलाई कोरोनाविरुद्ध एकढिक्का भएर लड्न आग्रह गरेको छ । आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह तथा जिल्लासंग समन्वय गरेर पार्टीका पंक्तिलाई कोरोनाविरुद्ध लड्न निर्देशन दिएको हो