खगराज अधिकारीलाई स्वास्थ्य विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठन इन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठनको इन्चार्जको जिम्मेवारी खगराज अधिकारीलाई प्रदान गरेको छ ।

शुक्रबार बसेको एमाले केन्द्रिय कमिटीको बैठकले पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

कास्की क्षेत्र नं १ प्रतिनिधीसभा सांसद समेत रहेका अधिकारी यसअघि नेकपा गण्डकी प्रदेश सह इन्चार्जको जिम्मेवारीमा थिए ।

कमेन्टहरु
Loading...