एमाले कास्की इन्चार्जमा जिसी, पोखरा महानगरमा कार्की

पोखरा । नेकपा एमालेले कास्की जिल्ला इन्चार्जमा मानबहादुर जिसी र पोखरा महानगरपालिका इन्चार्जमा भीम बहादुर कार्कीलाई जिम्मेवारी तोकेको छ ।

शुक्रबार बसेको एमाले केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गर्दै जिसी र कार्कीलाई इन्चार्ज तोकेको हो ।

जिसी यसअघिपनि कास्की जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए ।

यस्तै बैठकले तनहँमा एक बहादुर राना , लमजुङ मायानाथ अधिकारी, गोरखा मनाङ रामशरण बस्नेत र पर्वत इन्चार्जको जिम्मेवारी जगत बहादुर विश्वकर्मालाई तोकेको छ । विश्वकर्मा एमाले गण्डकी अध्यक्ष समेत हुन् ।

कमेन्टहरु
Loading...