सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुनै तयारी छैनः कांग्रेस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी नभएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्पष्ट पारेको छ । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने विषयमा निर्णय भए पनि सत्ता समीकरणका लागि कुनै आधार नबनेको नेपाली कांग्रेसले स्पष्ट पारेको हो ।

पार्टीको संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले राजनीतिक सहमति नजुटेसम्म प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव नआउने स्पष्ट पारेका छन् । खाँड कार्यक्रमका लागि हाल रुपन्देहीमा छन् ।

कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुनै तयारी नगरेको उनको स्पष्टोक्ति छ ।

पार्टीकी सचेतक पुष्पा भुसालले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कुनै हस्ताक्षर नभएको स्पष्ट पारेकी छिन् । संसदीय दलको सचेतक आफू रहेको र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावका विषयमा आफूलाई कुनै जानकारी नभएको उनले स्पष्ट पारेकी हुन् ।

कमेन्टहरु
Loading...