फेवातालमा बनाइएको संरचना भत्काउने विषयमा नागरिक समाजका अगुवा तथा स्थानीयबीच विवाद

पोखरा । फेवाताल छेउमा बनाइएको रिटेनिङ पर्खाल भत्काउने विषयलाई लिएर त्यहाँ वरिपरी बस्ने स्थानीयवासी तथा नागरिक समाजका अगुवाबीच सामान्य विवाद उत्पन्न भएको छ । स्थानीयले फेवाताल छेउमा रिटेनिङ पर्खाल लगाएपछि पोखरा महानगरपालिकाले नागरिक समाजका अगुवासंग मिलेर भत्काउने बताएको थियो । सोही विषयमा स्थानीय तथा नागरिक समाजका अगुवाबीच विवाद भएको छ । यता आज बिहान ११ बजे रिटेनिङ पर्खाल भत्काउनका लागि पोखरा महानगरपालिकाले डोजर पठाउने भनिए पनि नपुगेको बताइएको छ ।

कमेन्टहरु
Loading...