वडाध्यक्ष बाँस्तोलालाई पोखरा बहुमुखी क्याम्पसको आजिवन सदस्यता

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलालाई पोखरा बहुमुखी क्याम्पसले आजिवन सदस्यताको प्रमाण–पत्र प्रदान गरेको छ ।

क्याम्पसको समग्र विकासमा योगदान पु¥याएको भन्दै क्याम्पसले अध्यक्ष बास्तोलालाई वडा कार्यलयमै पुगेर क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले उपाध्यक्ष भिम गौतम, क्याम्पस भवन निर्माण समितिका संयोजक शंकर देवकोटा, क्याम्पस प्रमुख सिशुकला पराजुली, बद्री श्रेष्ठ र महेन्द्र रिमाल लगायतको उपस्थितिमा सम्मान पत्र प्रदान गरिएको हो ।

सम्मान पत्र प्रदान गर्दै संचालक समिति अध्यक्ष लालचनले बाँस्तोलालाई निस्वार्थ सेवा गरेका क्याम्पसका एक असल अभिभावकका रुपमा चित्रण गरेका थिए ।

वडाअध्यक्ष बाँस्तोलाले साविक पश्चिमाञ्चलको पहिलो सामुदायीक क्याम्पसको पहिचान बोकेको पोखरा बहुमुखी क्याम्पसले सम्मान स्वरुप आजिवन सदस्यता प्रदान गरेकामा खुशी व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...