पोखरा । गत मंसिर २७ गते फेवाताल किनारमा अवैध रुपमा बनेको संरचनामा डोजर चलायो । विहान महानगरले भत्काउन नपाउँदै व्यबसायिले पुनः सोही दिन राती संरचना बनाउन सुरु गरे । भोलीपल्ट बिहानै महानगरले पुनः डोजर चलायो । संरचना भत्काउने मात्रै होइन कुनै पनि संरचना बन्न नदिने वडाअध्यक्ष रण बहादुर थापाले उद्घोष गरे ।
उनी मात्रै होइन महानगरका मेयर मानवहादुर जिसी पनि कुनैपनि हालतमा अवैध संरचना निर्माण कार्य रोकिने दाबी गर्दै आएका छन् । तरपनि निरन्तर फेवातालमाथीको अतिक्रमण भइरहेको छ ।
फेवातालमा ६५ मिटर मापदण्ड लागु गरिएको छ। तर सरकारी निकायलाई चुनौती दिदैं पटकपटक व्यबसायीहरु ताल भित्रैबाट संरचना बनाउने कार्य गर्दै आएका छन् । ताल मिच्दै संरचना बनाउने होडबाजीमा व्यवसायीहरु लागिरहेका छन् । व्यबसायीको दादागिरीका अगाडी प्रशासन कमजोर बन्दै गएको देखिन्छ ।
पछिल्ला दिनहरुमा पुनः फेवाताल किनारमा संरचना बनाउने क्रम बढेको छ ।