पोखरा । नेपालमा थप २ हजार ४ सय २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा २ हजार ४ सय २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।
हाल नेपालमा १२हजार ६ सय ९० जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १० हजार ४ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप २ सय ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ ।
यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय १७ पुगेको छ ।