पोखरामा थप ५५ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा आज थप ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ५० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ नम्बर वडामा ३७ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ३ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४, ४५ र ४८ वर्षीय ३ जना महिलासहित ७४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ४ मा २० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८, ४४ र ६१ वर्षीय ३ जना पुरुषालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

६ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वाडमा १८ वर्षीय १ जना किशोरसहित ८२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ मा ४३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ८ मा ९ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २१, २२, ३०, ४७ र ६२ वर्षीय ५ जना महिलासहित २५ वर्षीय १ जना, ५४ वर्षीय २ जना तथा ६० वर्षीय १ जनासहित ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वाडमा ४७ र ५५ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१० नम्बर वडामा ४९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ११ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ वर्षीय १ जना महिलासहित २४, ३१ र ५० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ मा ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१ र २७ वर्षीय २ जना महिलासहित ८६ र ९२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१६ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोर तथा ३५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १७ मा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६ र १२ वर्षीय २ जना बालिका तथा ३२ र ४० वर्षीय २ जना महिला तथा २४, २५, ३६ र ४८ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १९ मा २६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २५ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ वर्षीय १ जना महिलासहित १० वर्षीय १ जना बालक तथा ५२ र ५५ वर्षीय २ जना पुरुषालई संक्रमण पुष्टि भएको हो ।

२७ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ र ४९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा २९ मा ३४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ३० मा ५८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ मा ४७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला म्याग्दीमा ११ जना, नवलपरासीमा ५ जना, पर्वतमा ३ जना, तनहुँमा २ जना, लमजुङमा १ जना तथा स्याङ्जामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ४ सय ८८ पुगेको छ ।

कमेन्टहरु
Loading...