काठमाडौं । नेकपा एमाले पार्टी हालको अवस्थामा अचानक विभाजनको डिलमा पुगेको नेताले बताएका छन् ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालले लगायतका १५ जना नेताले संयुक्त रुपमा एक अपील जारी गर्दै एमाले हाल आएर विभाजन तथा विसर्जनको डिलमा पुगेको बताएका हुन् ।
पार्टीको एकता जोगाउन सकेको अवस्थामा नेपाली कम्युनिस्टको आन्दोलन जोगाउन सक्ने उनीहरुको निष्कर्ष छ । कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सबैले आ–आफ्नो स्थानबाट कोसिस गर्नुपर्ने समेत उनीहरुले बताएका छन् ।
आज जारी गरिएको अपीलमा नवौं अधिवेशन पशचात् पार्टीमा विभिन्न समस्या देखा परेको बताइएको छ ।
‘२०७१ असारमा सम्पन्न नवौं महाधिवेशनपछि दोहोरिएको छ । त्यस महाधिवेशनले नेपाली जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको निष्कर्षका साथ समाजवादका आधारमा निर्माण गर्ने कार्यदिशा तय गरेको थियो ।’ अपीलमा भनिएको छ, ‘तर पार्टीका अध्यक्षमा त्यस कार्यदिशाका विरोधी केपी शर्मा ओली चुनिनुभयो र उहाँले महाधिवेशनबाट पारित कार्यदिशा, विधान र विधि–पद्धति सबै लत्याएर स्वेच्छाचारी ढंगले चल्न थाल्नुभयो । त्यसले गर्दा नवौं महाधिवेशन लगत्तै पार्टीमा समस्या बल्झिँदै गयो ।’