चितवन । पोखराका कोरोना संक्रमितको यहाँ निधन भएको छ ।
निधन हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको हो । रासस