प्रदेश १ का मुख्यमन्त्री राईलाई बलात्कारी लगायतका अपशब्द प्रयोग गरेपछि बालिका खड्का पक्राउ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूलाई धोका दिएको बताउँदै आएकी बालिका खड्का पक्राउ परेकी छिन् । उनलाई आज नेकपा एमालेको मुख्यालय थापाथलीबाट पक्राउ गरिएको हो ।

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भने पनि खड्कालाई कार्यालय परिसरबाट नै पक्राउ गरिएको छ । आजदेखि नेकपा एमालेको मुख्यालय धुम्बाराहीबाट थापाथली सरेको छ । सोही कार्यक्रममा सहभागी हुने प्रदेश १ का मुख्यमन्त्री राई थापाथली पुगेका थिए । मुख्यमन्त्री राईलाई देखेपछि खड्काले बलात्कारी लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...