काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको अभियानमा एकजुट हुन सबै प्रगतिशील शक्तिलाई अपील गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले सबै कम्युनिस्ट क्रान्तिकारी तथा वामपन्थी प्रगतिशील शक्ति प्रतिगमनका विरुद्धमा अब एकजुट हुने समय आएको बताएका हुन् ।
मुलुकको संविधान रक्षा, समृद्धि तथा विकसित समाज निर्माणका लागि प्रतिगमनविरुद्ध लाग्न उनले सबैलाई आग्रह गरेका छन् । नेपालाई समाजवादको पक्षमा लैजान कम्युनिस्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको प्रचण्डको दावी छ । उनले