गन्थन डेस्क । पोखरा महानगरपालिकाका विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सञ्चालन गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका शिक्षा महाशाखाको निर्णयसँगै विद्यालयले पूर्व निर्धारण गरिएका विद्यालय सञ्चालन गरिने भएको हो ।
बुधबार पोखरा महानगर शिक्षा शाखाले आधिकारिब वेबसाईटमा विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । शिक्षा शाखाले ७ वटा बुँदा तयार पारेर त्यसलाई अपनाउँदै परिक्षा सञ्चालन गर्न पाउने जनाएको छ ।