पोखरामा ७१ सहित प्रदेशमा थपिए १२३ कोरोना संक्रमित

गन्थन डेस्क ।

पोखरामा ७१ सहित गण्डकी प्रदेशमा थप १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितमध्ये ७१ जना पोखरा महानगरपालिकाका हुन् ।

त्यस्तै बागलुङमा पनि एकैपटक ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यता स्याङ्जा फेदिखोलामा थप ६ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्वतमा ३ र तनहुँमा ४ जनामा संक्रण्मा देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ८६ पुगेको छ ।

कमेन्टहरु
Loading...