त्रिभुवन विमानस्थलले नक्कली पीसीआर रिपोर्ट बोकेका सय बढी यात्रुलाई फर्कायो

काठमाडौं ।

नक्कली पीसीआर रिपोर्ट बोकेका सय बढी यात्रुलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ। अध्यागमन विभागका अनुसार बुधबार एक सय भन्दा बढी यात्रुलाई फर्काइएको हो ।

यात्रुहरुसँग सिनामंगलस्थित सुर्या हेल्थ केयरले दिएको नक्कली पीसीआर रिपोर्ट भएको पाइएपछि उनीहलाई विमास्थलबाट फर्काएको छ । फर्काइएकाहरुमा जजिरा एयरका, एयर अरेबियाका र सलाम एयरका यात्रु छन् ।

सुर्या हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूर्यामा छापा मारेको थियो। फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेका छन् ।

 

कमेन्टहरु
Loading...