काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेवप्रसाद यादव

काठमाडौं ।

नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेवप्रसाद यादव रहने भएका छन् ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ।

यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए ।

गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए ।

कमेन्टहरु
Loading...