जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण गराएका हुन् ।

यसअघि राष्ट्रपति कार्यलयमा गएर सपथ ग्रहण गराउने परम्परालाई तोड्दै सर्वोच्च अदालतमै सपथ ग्रहण गराइएको हो ।

राष्ट्रपति उपस्थित गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने भएका छन् ।

सपथ ग्रहण लगतै न्यायाधीशद्वयले आजैबाट काम थालिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चुडाल र सुवेदीलाई सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

 

कमेन्टहरु
Loading...