माछापुच्छ्रे गाउपालिकामा भाषण कला तालिम सम्पन्न

पोखरा ।

माछापुच्छ्रे गाउपालिका भित्रका २७ प्रतिशत उत्पीडित समुदायको हक र अधिकार सुनिश्चितताको लागि दलित समन्वय समिति आयोजना तथा माछापुच्छ«े गाउपालिकाको व्यवस्थापनमा जनप्रतिनिधी सहितको ३ दिने उत्प्रेरणा मूलक भाषण कला तालिम सम्पन्न भएको छ ।

तालिममा उत्पीडित समुदायबाट प्रतिनिधी गर्ने ९ वटा वडा का जनप्रतिनिधी सहित ५० जना सहभागि रहेका थिए । संचारकर्मी सुशिल नेपालीले सहजीकरण गरेको सो तालिममा उनिहरुको व्यक्तित्व र नेतृत्व तहमा पुग्न सक्ने उद्देश्य राखेर तालिम आयोजना गरिएको थियो । तालिमको समापन समारोहमा वोल्दै प्रमुख अतिथी माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक कृष्ण कुमारी दवाडीले राज्यले उत्पीडित समूदायको सशक्तिकरणका लागि यस्ता तालिम आवश्यक भएका यो कार्यक्रम उत्पीडित समुदायको पहिचान हुुन मद्दत पुग्ने बताइन् ।

त्यस्तै विशेष अतिथि माछापुच्छ्रे गाउपालिका वडा नं. २ का वडा अध्यक्ष बिक्रम गुरुङले यस्ता तालिमले व्यक्तित्व विकासमा टेवा पुग्ने वताए त्यस्तै अर्का अतिथी माछापुच्छ्रे गाउपालिका वडा नं. १ का वडा अध्यक्ष विरेन्द्र गुरुङले यस्तो तालिमले समाज परिवर्तनमा मुख्य भूमिका खेल्ने कुरा बताए । माछापुच्छ्रे गाउपालिका दलित समन्वय समितिका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव पदम नेपाल हिताङ्गले गरेका थिए ।

कमेन्टहरु
Loading...