कास्की प्रशासनको १७ बुदें आदेश : पोखरामा रेष्टुरेण्ट प्रवेश गर्दा मास्क अनिवार्य

जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैशाख मसान्तसम्म पोखराका विद्यालय , सिनेमाहल, डान्सबार, डिस्को , दोहोरी जस्ता भीडभाड हुने स्थानहरु बन्द गर्न आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी १७ बुंदे आदेशमा पालना नगरेमा कारबाही गरिने स्पष्ट पारिएको छ ।

यस्तै सार्वजनिक यातायात , आन्तरिक हवाई उडान ,होटल रेष्टुरेण्ट लगायतलाई छुट्टाछुट्टै मापदण्ड तयार गरिएको छ ।

आदेशमा बिहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म होटल रेष्टुरेण्टले दुई मिटरको दुरी कायम गरि अनिवार्य मास्क र सेनिटाइटजरको व्यबस्थापन गर्नुपर्ने उल्लेख छ । उक्त समय बाहेकको बेला होम डेलिभरी वा टे अवेको रुपमा सेवा प्रवाह गर्न आदेशमा भनिएको छ ।

 

कमेन्टहरु
Loading...