काठमाडौं । माओवादी केन्द्रको आजको बैठक सकिएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक भोलि दिउँसो १ बजेको समयमा फेरी बस्ने गरेर सकिएको हो ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आज पनि औपचारिक निर्णय लिन सकेन ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नभएको पार्टीका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । औपचारिक रुपमा समर्थन नभएको विषयमा लेखेर दिने कि भन्ने कुरा भएकाले यो बारेमा भोलि बस्ने बैठकमा छलफल हुने नेता श्रेष्ठले जानकारी दिएका छन् ।
वर्तमान ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने पहल भने लगातार भइरहेको उनको भनाई छ ।