पोखरा । गण्डकी प्रदेशमा थप १ जनालाई कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।
गोरखाको भीमसेन गाउँपालिका वडा नम्बर १ मा ७९ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख ४ गते ज्यान गएको हो ।
उनको कोरोना संक्रमणबाट होम आइसोलेसनमा रहेकै समयमा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । मृतक पुरुषलाई चैत्र २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ९ पुगेको छ ।
यता पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६० वर्षीय १ जना महिलासहित ५० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
३ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १५ वर्षीय १ जना बालिका तथा ६० वर्षीय १ जान महिलासहित ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ४ मा ४० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १७ वर्षीय १ जना किशोरी सहित २१ र ६७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ र ४६ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
८ नम्बर वडामा ३३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ९ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ५२ वर्षीय पुरुष हुन् ।
वडा नम्बर १० मा ७० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय १ जना महिलासहित १२ वर्षीय १ जना बालकलाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालक तथा ६६ वर्षीय १ जना पुरुषसहित ६६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा २५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ९ वर्षीय १ जना बालक तथा ३१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २६ मा ६४ वर्षीय १ जना महिला तथा ३० मा ४३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासीमा ५ जना, तनहुँमा २ जना तथा म्याग्दीमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार २ सय ६३ पुगेको छ ।