काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीले २७ जना प्रतिनिधिसभा सदस्य (सांसद) लाई पार्टीको हित विपरीत विभिन्न कार्य गर्दै आइरहेको भन्दै २ दिनभित्र जवाफ दिनुपर्ने समय दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
माधवकुमार नेपालसहित झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राईलाई एमालेले स्पटीकरण सोध्ने भएको छ । त्यस्तै योगेशकुमार भट्टराई, गणेश पहाडी, दीपककुमार भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द न्यौपाने तथा रामकुमारी झाँक्रीलाई समेत नेकपा एमालेले पार्टीको हित विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने भएको हो ।
यी बाहेक कर्णाली प्रदेशमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, देवी आले तथा अम्बरबहादुर थापाले समेत स्पष्टीकरण दिनुपर्ने भएको छ । स्पष्टीकरण सोधिएका २७ जना सांसदले चित्तबुझ्दो जवाफ नदिएमा पार्टीले निस्काष्न गर्न सक्ने बताइएको छ ।