पूर्व राजा ज्ञानेन्द्र तथा पत्नी कोमललाई कोरोना

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह तथा उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केही दिन अगाडिमात्रै उनीहरु भारतको हरिद्वारबाट स्नान गरेर फर्किएका थिए । हरिद्वार पुगेका धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरु दुवै जनाले कोरोना भाइरसको परीक्षण गराएका थिए ।

परीक्षण पश्चात् उनीहरुलाई दुवै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुसंग सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको बताइएको छ ।

कमेन्टहरु
Loading...