वायु प्रदुषण घटे पनि स्वास्थ्यमा जोखिम कायमै, सावधानी अनपाउन स्वास्थ्यविद्को आग्रह

काठमाडौं । काठमाडौं लगायतका विभिन्न स्थानमा हावाहुरीसहित पानी परेपछि नेपालमा वायु प्रदुषण कम भएको छ । हावाहुरीसहितको पानीले नेपालमा वायु प्रदुषण केही कम भएको वातावरण विभागले जानकारी दिएको हो ।

हावाहुरीसहितको पानी पर्नुभन्दा केही दिन अगाडि काठमाडौं विश्वमा नै प्रदुषित सहर बनेको थियो । हालको अवस्थामा काठमाडौं लगायतका केही सहरमा वायु प्रदुषण केही कम भए पनि केही सहरमा भने कायमै रहेको विभागले जनाएको छ ।

वातावणविदले नेपालको प्रदुषण अति हानिकारक नभए पनि प्रदुषण कायमै रहेको बताएका छन् । प्रदुषण घटेको भए पनि स्वास्थ्यमा जोखिम रहेकाले सावधानी अनपाउन उनीहरुले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...