उकालिँदै कोरोना ग्राफ, आज १ हजार २८१ संक्रमित थपिए

पोखरा । नेपालमा थप १ हजार २ सय ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ हजार २ सय ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । हाल नेपालमा ७ हजार २ सय ५४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ७ हजार ५ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप २ सय ५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ ।

यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ९१ रहेको छ ।

कमेन्टहरु
Loading...