काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका विभिन्न नेतालाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेता नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम रावल, प्रकाश ज्वालासहित अन्य ५ जनालाई अन्तिम पटक चेतावनीयुक्त स्पष्टीकरण एमालेले निर्णय गरेको हो । कानुन अनुसार नै २० जना नेतालाई पार्टीले सफाई प्रस्ताव पेस गर्ने समय दिइएको एमालेले जनाएको छ । वैशाख १० गते बस्ने पार्टीको अर्को बैठकमा उनीहरु सबैलाई कारवाही गर्ने तयारी समेत भएको छ ।
यसैबीच बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालको पछि लागेर कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने कार्य अराजक भएको आरोप लगाएका छन् । नेपालले कर्णाली प्रदेशमा गरेको व्यवहार अराजक तथा अलोकतान्त्रिक भएको ओलीको आरोप थियो । नेता नेपालले अलोकतान्त्रिक तथा अराजक हर्कत गरेकाले त्यसको माफी नहुने र कारवाही हुने चेतावनी समेत ओलीले दिएका छन् । माधव नेपालले एमालेलाई मााअेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिन खोजेको ओलीको आरोप थियो ।