काठमाडौं । नेपालमा अब ५ जनाभन्दा बढी एकै स्थानमा भेला हुन नपाइने भएको छ । कोरोना भाइरसको नयाँ रुप भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएको हो ।
बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरिएको थियो । सोही आदेश अनुसार सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको हो ।
सरकारले यो आदेश जारी गरेसंगै अब वैशाख महिनाभरी पार्टी प्यालेस बन्द हुने भएका छन् । त्यस्तै मलामीको कार्यमा समेत २५ जनामात्र जान पाइने छ । त्यस्तै विवाह, व्रतबन्ध जस्ता कार्यमा समेत २५ जनामात्रै सहभागी हुनुपर्ने छ ।