सर्वाेच्च अदालतमा २ न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश छन् । उनीहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो । रासस

कमेन्टहरु
Loading...