राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छिन् ।

भोलि मंगलबारका लागि संसद बैठक तय भइसकेको अवस्थामा राष्ट्रपति भण्डारीले आजको मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा ९३ को उपधारा २ बमोजिम प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१/६ को सिफारिसमा प्रतिनिधिसभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेबाट अन्त्य गरेको छ ।’ राष्ट्रपति भण्डारीद्वारा प्रेषित पत्रमा भनिएको छ ।

कमेन्टहरु
Loading...