काठमाडौं । आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । आजको बैठक स्थगित भए पछि माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । पार्टीका नेताको व्यस्तताले गर्दा बैठक स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
पार्टीको आज बस्ने भनिएको स्थायी समिति बैठकमा नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा छलफल गर्ने नेताहरुले बताएका थिए ।