पूर्व मन्त्री सुवालको निधन

काठमाडौं । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेंमा निधन भएको छ । उनी ९३ वर्षका थिए । प्रजातन्त्रका लागि लडेका पुराना नेतामध्येका १ उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । उनका श्रीमती, २ छोरा र १ छोरी छन् । रासस

कमेन्टहरु
Loading...