काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले फ्लोर क्रस गरेर आफुलाई विश्वासको मत दिएका तीनजना सांसदलाई मन्त्री पद उपहार दिएका छन् ।
शुक्रबार विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेका एमालेका सांसदहरु नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र कर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् ।
एमालेले भने तीनै जना सांसदलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिसकेको छ ।