कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै दलको सहकार्य आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहयोग गर्न सबै दलसंग आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहयोग तथा सहकार्यबाट मात्रै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका थिए । ओलीले यसको विषयमा सबैसंग सुझाव समेत मागेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि केही बुँदा समेत प्रस्तुत गरेका थिए ।

यसैबीच नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई काम गर्न नदिएको गुनासो गरेका छन् । संसदले हालको अवस्थामा गर्नुपर्ने कार्य नगरेको र सापकोटाले अराजक काम गरिरहेको उनको आरोप थियो ।

कमेन्टहरु
Loading...