सर्वदलीय बैठकमा नगएर प्रचण्ड–नेपालबीच सुटुक्क भेटवार्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नभएर नेपाल तथा प्रचण्डबीच आज बिहान कोटेश्वरमा भेटवार्ता भएको हो । कोटेश्वरस्थित व्यापारीको घरमा उनीहरुबीच करिब १ घण्टा भेटवार्ता भएको बताइएको छ ।

नेपाल तथा प्रचण्डको भेटवार्ताका क्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए ।

नेकपा एमालेले कर्णाली प्रदेशमा लगाएको ह्वीप उल्लंघन गर्दै प्रदेश प्रमुख महेन्द्रबहादुर शाहीको पक्षमा नेपाल पक्षीय सांसदले मतदान गरेपछि त्यसको भोलिपल्ट प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

प्रचण्ड तथा नेपालबीच पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...